Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


महाभारतकी कुन्ती – १७

-हरिविनोद अधिकारी यो कुरा त हिडिम्बालाई विवाह गर्ने कुरामा पनि उठेको थियो र त हामीले हिडिम्बालाई कुटीमा नल्याएर बाहिरमात्र विचरण गर्नका लागि अनुमति दिएका थियौँ । हिडिम्बाको समस्या भनेको एउटी असुर महिलाको चाहना थियो कि मेरो दाजुजस्तो बलबानलाई मार्न सक्ने बहादुरसँगबाट एउटा सन्तान जन्माउन पाऊँ । दाजुभन्दा पहिले भाइको विवाह नगर्ने चलन थियो हाम्रो दरबारमा…