आज कुरुवंशको धरोहर त युधिष्ठिरले धानेको छ तर जुन तरिकाले राज्य प्राप्ति भयो, त्यो तरिका ठीक थियो त ? आज, अनि यो घडीमा म जुन सोचिरहेकी छु, जस्तो जीवन बाँचिरहेकी छु र एकजमानाका अत्यन्त महत्वाकांक्षी चक्रवर्ती महाराज धृतराष्ट्र र गान्धार नरेश सुबलकी प्यारी छोरी गान्धारी दिदीको जुन अवस्था छ, त्यसले के देखाउँछ होला भविष्यमा पनि…