अर्जुनमणि आ.दीक्षित आजभन्दा ६ दशकअघि नै संसदीय व्यवस्थाको जननी मानिने वेलायतबाट संविधानविद् झिकाई तर्जुमा भएको संविधानमा टेकेर नेपालमा २०१५ सालमा संसदीय व्यवस्था लागु गरिएको हो । १८ महिनासम्म टिकेको यो व्यवस्थालाई खारेज गरेपछि २०१७ सालमा निर्दलीय व्यवस्थाको रुपमा पञ्चायती व्यवस्थाको सुरुवात भयो । यस पछिका दिनहरुमा बहुदलीय व्यवस्थालाई माटो सुहाउँदो नभएको भन्दै जसरी भएपनि बदनाम…