काठमाडाैं। राष्ट्रियसभा सदस्य एवं नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले सरकारले अध्यादेशमार्फत ट्रेड युनियन र विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाएकाे भन्दै आपत्ति जनाउनुभएको छ। राष्ट्रिय सभाको शुक्रबारकाे बैठकमा बोल्दै सांसद ढुंगानाले सरकारको यो कदमले मुलुकलाई पुनः निर्दलीय व्यवस्थातर्फ धकेल्न खोजेको आरोप लगाउनुभएकाे हाे। निर्दलीय व्यवस्था चलाउन खोजेको हो भने आफूहरु लोकतन्त्रका लागि बलिदान दिन तयार रहेको बताउनुभएकाे…