काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक शुक्रबार बस्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा शुक्रबार बिहान ११ बजेदेखि बैठक शुरु हुने महामन्त्री विपिनकुमार आचार्यले बताउनुभएकाे हाे । बैठकमा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन गर्ने सम्बन्धमा, राइट टु रिकल सम्बन्धी दस्तावेज निर्माण गर्ने सम्बन्धमा र साङ्गठनिक व्यवस्थापन तथा मनोनयन सम्बन्धी विषयमा छलफल हुने भएकाे छ।
त्यस्तै, केन्द्रीय समिति सदस्य मनोनयन सम्बन्धमा, पदाधिकारी मनोनयन सम्बन्धमा, सचिवालय सदस्य मनोनयन सम्बन्धमा, विभागीय प्रमुखहरूको मनोनयन सम्बन्धमा र स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन सम्बन्धमा पनि बैठकमा छलफल हुने रास्वपाले जनाएकाे हाे।
केन्द्रीय समिति र प्रतिनिधि सभा सदस्य नेतृत्वमा स्थानीय तहमा उम्मेदवार छनोट रूपरेखा अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन सम्बन्धमा र पार्टीको मुखपत्रका रूपमा स्वतन्त्र मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने सम्बन्धमा पनि बैठकले आवश्यक निर्णय लिने भएकाे छ।









प्रतिक्रिया दिनुहोस्