काठमाडाैं । लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाको प्रमुख कारण तीव्र गति देखिएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले गत साउन महिनामा प्रदेशभर भएका ४ सय १८ सवारी दुर्घटनामध्ये २ सय ८७ दुर्घटना तीव्र गतिका कारण भएकाे जनाएकाे हाे। कार्यालयले सार्वजनिक गरेको साउन महिनाको ट्राफिक गतिविधि विवरण अनुसार दुर्घटनामा परी ३५ जनाको मृत्यु भएको छ । ७ सय ११ जना घाइते भएका हुन् । मृत्यु हुनेमा २८ पुरुष र ७ महिला रहेका छन् ।
दुर्घटनाको दोस्रो प्रमुख कारण मादक पदार्थ सेवन गरी सवारी चलाउनु रहेको हाे । साउन महिनामा मापसेका कारण ७३ वटा दुर्घटना भएका छन् । चालकको असक्षमता तथा लापरबाहीका कारण ३९, अन्य लापरबाहीका कारण ६, ब्रेक फेल भएर ६, छाडा चौपाया तथा जनावरका कारण चार, हतारमा बाटो काट्दा दुई र अनावश्यक ओभरटेकका कारण एउटा दुर्घटना भएको प्रहरी तथ्यांकमा उल्लेख गरिएकाे हाे ।









प्रतिक्रिया दिनुहोस्