ध्रुवसागर शर्माम्याग्दी । आठ हजार मिटरभन्दा अग्ला सबै १४ शिखर आरोहण गरेर कीर्तिमान राख्ने उदेश्यसहित आरोहणमा निस्किएका स्पेनका ८२ वर्षीय पर्वतारोही कार्लोस सोरिया धवलागिरि ‘बेसक्याम्प’ आइपुगेका छन् । धवलागिरि हिमाल चढ्न सन् १९९८ मा पहिलो प्रयास गरेका कार्लोसले दुई दशकयता ११औं पटक आरोहण गर्दा पनि शिखरमा पाइला राख्न सफल भएका छैनन् । संसारको सातौं अग्लो…