६ माघ २०८१, आइतबार | Sun Jan 19 2025


पर्यटन व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन सरकारसँग व्यवसायीको माग


0
Shares

काठमाडौं, भदौ २७ । विज्ञहरुले पर्यटन व्यवसायलाई निर्बाध रुपमा संचालन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेका छन ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल्स (नाटा), होटल एसोसिएशन नेपाल (हान) र नेपाल पर्यटन बोर्ड (एनटीबी) ले संयुक्तरुपमा नेपालमा पर्यटन व्यवसाय पूर्ण रुपमा खुल्ला गर्न सरकारसँग आग्रह गरेका छन ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय घिमिरेले नेपालमा पर्यटन व्यवसायीहरुको मागलाई सम्बोधन गर्दै सरकारले भ्याक्सिनेटेड पर्यटकको भिजा अन अराइभलको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नाटाका अध्यक्ष अच्युत गुरागाईंले सीसीएमसीले व्यावसायीलाई हाउगुजी बनाएको बताउनुभयो । अध्यक्ष गुरागाईंले अब पनि पर्यटन व्यावसाय चल्न नदिए सडक र सिंहदरबार घेर्ने चेतावनी दिनुभयो ।

त्यस्तै होटल एसोसिएशन नेपाल (हान) की अध्यक्ष सृजना राणाले पर्यटन व्यवसायीहरुको बाच्ने आधार भनेकै पर्यटक भएकोले सरकारले यसलाई चासोका साथ पूर्ण रुपमा व्यवसाय सञ्चालन गर्न दिनुपर्ने र भ्याक्सिनेटेड पर्यटकलाई अन अराइभल भिजाको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले विगत डेढ वर्षदेखि कोरोनाका कारण बन्द रहेको पर्यटन व्यवसायलाई चलायमान बनाउन पर्यटकहरु भित्राउनुपर्ने बताउनुभयो ।