आइतबार सेयरबजार परिसूचक नेप्से ४४ अंकले बढेर १२ सय ९४ विन्दुमा पुग्यो । कारोबार सुरु भएलगत्तै बढेको नेप्सेले ५१ अंक पार गरेको थियो । पछि सच्चिँदै ४४ अंकले बढेको हो
पोखरा–लेखनाथ महानगरपालिका–१२ बस्ने ३४ वर्षीय ललित गुरुङ, सोही वडाको शीतलादेवी बस्ने २६ वर्षीय दीपेन्द्र परियार र पोखरा–लेखनाथ महानगरपालिका–५ बस्ने २५ वर्षीय संगम थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्लाको
प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणबाट फर्किएलगत्तै नयाँ प्रहरी प्रमुखको नियुक्ति हुने बताइएको छ । देशको शान्ति–सुरक्षाको जिम्मेवारी बोकेको नेपाल प्रहरीको बागडोर सम्हालिरहेका प्रहरी महानिरीक्षक प्रकाश अर्यालको पदावधि यही चैत
नयाँ भर्ना सुरु भएसँगै निजी विद्यालयहरुले लिने मनोमानी शुल्कको सरकारले कुनै अनुगमन गर्नसकेको छैन । जसका कारण आफ्ना छोरा–छोरीलाई राम्रो विद्यालयमा पढाउन चाहने अभिभावकहरु चर्को शुल्क तिर्न बाध्य भएका छन्
आन्द्र प्रदेशलाई विशेष प्रदेश बनाउन माग गर्दै प्रधानमन्त्री निवासअगाडि दबाबमूलक प्रदर्शन गर्न लागेका तेलुगु डेसाम पार्टीका सांसदलाई प्रहरीले लोककल्याणमार्गबाट हटाएको जनाइएको छ । प्रहरीले प्रधानमन्त्री निवासअगाडि प्रदर्शन गर्न नदिएपछि उनीहरुले
विधेयकमा मुख्य न्यायाधिवक्ताको पारिश्रमिक तथा अरु सुविधा उच्च अदालतका न्यायाधीशसरह हुने व्यवस्था गरिएको छ । प्रदेशसभाको बैठकमा राजपा नेपाल र माओवादी केन्द्रका सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका थिए
आइतबार सिन्धुली सदरमुकाम सिन्धुलीमाडीमा सन्चारकर्मीहरुसँगको भेटमा भट्टराईले भारतको आफ्नै कूटनीति रहेको भन्दै व्यापार घाटालगायतका विषयमा छलफलै नभएको बताए । प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको ‘वान टु वान’
गढीमाई नगरपालिका–२, हथिऔलमा रहेको उखु पेल्ने क्रसर उद्योग परिसरमा ना३त ६२८४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ७ वर्षीय रविराज दास र ५ वर्षीय विकास बैठाको मृत्यु भएको हो । उक्त उद्योगमा
समूह चरणको अन्तिम खेलमा आइतबार पारस खड्का नेतृत्वको विराटनगर किंग्सलाई ६ विकेटले हराउँदै अत्तरिया प्लेअफमा पुगेको हो । वर्षाले मैदानमा पानी जमेपछि ६ ओभरमा झारिएको खेलमा पाएको ५६ रनको चुनौती
युनियनले त्रिभुवन विश्वविद्यालय उपकुलपति कप अन्तर क्याम्पस पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता गर्न लागेको हो । आइतबार (भोलि)देखि शुक्रबारसम्म आयोजना हुने प्रतियोगितामा देशभरका ठूला २२ क्याम्पसले सहभागिता जनाउने छन् । प्रतियोगिताको