
पोखरा–लेखनाथ महानगरपालिका–१२ बस्ने ३४ वर्षीय ललित गुरुङ, सोही वडाको शीतलादेवी बस्ने २६ वर्षीय दीपेन्द्र परियार र पोखरा–लेखनाथ महानगरपालिका–५ बस्ने २५ वर्षीय संगम थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्लाको सुरक्षा अवस्थालाई मजबुद् बनाउने उद्देश्यले सुरु गरिएको १५ बुँदे कार्ययोजनाअन्तर्गत् छड्के जाँचकाक्रममा उनीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
विभिन्न व्यक्ति तथा व्यवसायीलाई धाकधम्की दिइ चन्दा असुलीको आरोपमा पक्राउ परेका तीनैजनालाई आइतबारै म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको बताइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्