अस्पतालमै उपचाररत गलकोट नगरपालिका–२ का ५२ वर्षीय पुरुष र बागलुङ नगरपालिका–४ का ७७ वर्षीया वृद्धको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
बैठकमा जसपाका नेताहरूले आफ्नो नेतृत्वमा सरकार बनेको खण्डमा मात्र विपक्षीसँग सहमति गर्ने बटमलाइन राखेको बताइएको छ । त्यसो हुन नसकेमा विपक्षी गठबन्धनलाई सहयोग नगर्ने उनीहरूको भनाइ थियो ।
विपक्षी दलहरूले सत्ता समीकरणको पहल गरिरहेका बेला प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास जानुभएको हो ।
केन्द्रमा अहिले गम्भीर प्रकृतिका बिरामीहरूको उपचार भइरहेको छ । एचडीयू केन्द्र बाहेक नगरपालिकाले शहीद स्मृति अस्पतालमा पनि १२ शय्याको अक्सिजनसहितको आइसोलेसन बनाएको छ ।
नयाँ सरकार गठनको विपक्षमा रहेका जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँगको छलफलपछि सभापति देउवाले पदाधिकारी बैठक बोलाउनुभएको हो ।
संघीय सरकार मातहतमा रहेको डडेल्धुरा अस्पतालमा रहेका जनरल, आईसीयू र इमरजेन्सी गरी ३० शय्याहरू कोभिड संक्रमित बिरामीहरूले भरिए पछि श्रोतसाधन र आवश्यक जनशक्ति पनि अभाव हुन थालेको अस्पतालले जनाएको छ
अनलिमिटेड डे डाटा प्याक अफर ३९ रुपैयाँमा उपलब्ध हुनेछ । सो डाटा प्याकको स्पिड १ एमबीपीएससम्म हुनेछ । यस अफर अन्तर्गत खरिद गरिएको प्याक चलाउन सकिने समयावधि २४ घण्टाको हुनेछ
बुटवल । रुपन्देहीको कन्चन गाउँपालिका ४ थकालीचोकमा प्रहरी चेकिङमा रहेका प्रहरी हवल्दारको अपरचित गाडीको ठक्करबाट मृत्यु भएको छ । थकालीचोक स्थित ट्राफिक चेकिङको क्रममा अपरिचित गाडीले ठक्कर दिँदा प्युठान अैरावती
म्याग्दी । मुस्ताङमा पनि आजबाट निषेधाज्ञा लागू गरिएको छ । जिल्लामा कोरोनाको दोश्रो लहर फैलिएको भन्दै यसको रोकथाम र नियन्त्रणका लागि एक साताका निषेधाज्ञा लागू गरिएको स्थानीय प्रशासनले जनाएको छ
काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरले अक्सिजनको अभाव भएको भन्दै सहयोगका लागि अपिल गरेको छ । सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले अक्सिजनको अभावले संक्रमितको उपचारमा समस्या भएको भन्दै सहयोग गर्न अपिल