मर्जरपछि बैंकको कुल चुक्ता पुँजी २६ अर्ब ९४ करोड बढी हुने छ । चुक्ता पुँजीको आधारमा उक्त बैंक नेपालमा सबैभन्दा ठूलो बन्ने छ । त्यसैगरी निक्षेप ३ खर्ब ११ अर्ब
बिहीबार भएको दोस्रो क्वालिफायर्समा काठमाडौंले ललितपुर सिटीमाथि ३–० को स्पष्ट जित हासिल गरेसँगै फाइनलमा धनगढीसँगको भेट पक्का गरेको हो । दुवै टिमबीच जारी प्रतियोगितामा तेस्रो भेट हुनेछ ।
यस्तै, माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले नयाँ सरकार गठनको सम्भावना टरेको जानकारी गराउनुभएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।
कोभिडको दोस्रो भेरियन्टका कारण देशभर संक्रमण फैलिएको र अक्सिजन अभावले मानिसको ज्यान जाने अवस्थामा मानविय क्षति रोकथाम तथा संक्रमण दर नियन्त्रण गर्न अभियान सुरु गरिएको खतिवडाको भनाइ छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार १५ दिन भित्र आफ्नै अक्सिजन प्लान्ट बनाउनुपर्ने र त्यसको समन्वय मन्त्रालयले गर्ने जनाउनुभएको थियो । तर, निजी अस्पतालहरूले १५ दिन भित्र अक्सिजन प्लान्ट
प्रतिनिधिसभा र राष्ट्रिय सभाका सबै सदस्यहरूलाई अन्तर्राट्रिय सम्मेलन केन्द्रमा खोप लगाइने छ । पहिलो डोज कोभिसिल्ड लगाएका सर्वसाधारणलाई दोश्रो डोज कहिलेदेखि लगाउने भन्नेबारे अहिलेसम्म अन्योल कायमै छ ।
नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य सामग्रीको परिपूर्तिमा सरकारको ध्यान पुग्न सकिरहेको छैन । कोभिड महामारिको जटिल अवस्थामा बिलम्ब नगरी स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई निराकरण गर्न ध्यान सरकारको ध्यान जानु जरुरी
बिहीबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग बुढानिलकण्ठस्थित एक व्यापारीको घरमा भएको ४ घण्टा लामो छलफलमा तत्कालका लागि सांसद पदबाट राजीनामा दिने अवस्था टरेको नेता नेपालले जानकारी दिनुभयो ।
व्यापारी रामेश्वर थापाको घरमा भएको वार्ता सकिएर प्रधानमन्त्री केपी शर्मा ओली अहिले बालुवाटारतर्फ लाग्नुभएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा २ सय १४ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोभिडबाट मृत्यु हुनेको संख्या ४४ सय ६६ पुगेको छ ।