लोकतन्त्रको रक्षाका निम्ति नेपाली कांग्रेस जनताको साथमा रहेको भन्दै महामारीमा सक्ता र शक्तिको दुरुपयोग गरेको बेलामा सब एकजुट हुनुपर्ने
अनुमति विनाका सवारी साधन चलाएमा दुईपांग्रेलाई दुई हजार र अन्य सवारीसाधनलाई ५ हजार जरिवाना तिराउन सक्ने व्यवस्था गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्षधरहरू प्रतिक्रियावादी शक्तिको मतियार भएर निर्लज्जतापूर्वक कम्युनिष्ट आन्दोलनविरुद्ध लागेको आरोप लगाउनु भएको छ ।
राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमत्तोमा अपारदर्शी ढङ्गले अहिलेको राजनीतिक प्रणालीमै प्रहार भइरहेकाले अब राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाउनेसम्मको कदम चाल्नु पर्ने राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको मत छ ।
शनिबार विज्ञप्ति जारी गर्दै सभामुख सापकोटाले अहिले गरिएको विघटन सर्वोच्च अदालतको संवैधानिक इजलासको २०७७ फागुन ११ गतेको फैसलाको विपरीत देखिएको बताउनुभयो ।
स्पष्टिकरण सोधिएका झलनाथ, माधव र भीम रावलबाहेक अरु सबै समानुपातिक सांसद छन् । माधव नेपाल पक्षका २६जना सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भनिएको थियो ।
अदालतले फेरि एकपटक लोकतन्त्रको पक्षमा फैसला गर्ने अध्यक्ष दाहालको विश्वास छ । प्रतिनिधिसभा विघटनसँगै घोषणा गरिएको मध्यावधि निर्वाचनप्रति असहमति जनाउँदै उहाँले निर्वाचन हुने सम्भावना नभएको जिकिर गर्नुहुन्छ । संविधानसम्मत नभएकाले
महाव्याधिको बेला निर्वाचन जनस्वास्थ्यका हिसाबले जोखिमपूर्ण हुने विज्ञहरूले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली भने जनस्वास्थ्यको सुरक्षा मापदण्ड अपनाएर निर्वाचन गर्दा फरक नपर्ने बताउन थाल्नुभएको छ ।
ल्याब क्षमताभन्दा बढी स्वाब संकलन हुँदा समस्या भएको प्रादेशिक अस्पतालको प्रयोगशालाका इन्चार्ज रमेश शाहीले बताउनुभयो । केही दिन अघिसम्म एक जनाको रिपार्ट आउन एक हप्ताभन्दा बढी समय लागेको भए पनि
बुढेसकालमा प्रवेश गर्दा पहिलो पटक भोग्नु परेको यो अवस्थाले बुढापाकाहरूलाई जेलमा बसेझैँको भान गराएको वृद्ध खडगबहादुर थापा बताउनुहुन्छ ।