Logo ४ मंसिर २०८३, शुक्रबार | Sat, Nov 21, 2026


बागलुङको अक्षते खोला किनारमा किशोरी मृत फेला

सोमबार बिहान खोला किनार शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेलगत्तै जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी प्रमुख कृष्णबहादुर पल्ली मगरको टोली घटना स्थलमा पुगेको थियो ।

अर्घाखाँचीमा जेठ २० सम्म निषेधाज्ञा थप

हाल जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ७ सय ६२ पुगेको छ । संक्रमणका कारण हालसम्म ४७ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विजय बरालले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा विघटनविरुद्ध २८ रिट दर्ता, देउवालाई प्रधानमन्त्री बनाउन मात्र २४ वटा

यसअघि पुस ५ गते भएको प्रतिनिधिसभा विघटनको विषयमा बहस गर्न सर्वोच्चमा १३ वटा रिट निवेदन दर्ता भएको थियो । सर्वोच्च अदालतले २ महिना लामो बहसपछि प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेको थियो

नेविसंघद्वारा सर्लाहीमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन

नेपाली कांग्रेसको पाटी कार्यालय लालवन्दीबाट नारा जुलुस गर्दै नेविसंघले लालवन्दी बजारमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भणडारीको पुत्ला दहन गरेको हो ।

बारीमै कुहिन थाले किसानका तरकारी, बजार खोलिने तीन दिन पनि बिचौलियाकै ‘रगजग’

यस वर्षपनि फेरि कोरोना प्रकोप बढेपछि यहि समयमा निषेधाज्ञा लगाउनु परेको हो । किसानले तरकारी बिक्री गर्ने समयमै बन्दाबन्दीको सामना गर्नुपर्दा तरकारीमा निकै घाटा ब्यहोर्नुपरेको धनगढी तरकारी किसान इर्सात खानको

होम आइसोलेसनमा बसेका कोरोना संक्रमितका घर–घरमा परामर्श दिँदै बागलुङकी स्वास्थ्यकर्मी खड्का

बीएनए नर्स खड्का तीन वर्ष अघिदेखि बागलुङका विभिन्न सङ्घसंस्थासँग मिलेर विद्यालय, सवारी साधन र घर–घरमै प्राथमिक उपचार सामग्री (फस्र्टएड बक्स) वितरणमा सरिक भएकी हुन् ।

कोरोना जित्नेले अपनाउनुपर्ने सावधानी, लामो समयसम्म अक्सिजन चाहिन सक्ने विज्ञको चेतावनी

संक्रमण जिते पछि पनि अक्सिजनको मात्रा घटेर र फोक्सोमा निमोनिया भएर जटिल समस्या भएका बिरामीमा केही समय समस्या रहेको देखिन्छ । केहीलाई लामो समय अक्सिजनको समेत आवश्यकता पर्ने चिकित्सकहरू बताउँछन्

ओलीलाई हत्यारा भन्दै डा.केसीको विज्ञप्ति, जबरजस्ती अवैध सम्बन्धन दिए सत्याग्रह सुरु गर्ने चेतावनी

यस्तै, डा. केसीले चिकित्सा शिक्षाको मर्यादा र संवेदनशीलता बुझेर त्यस खाले अवैध निर्णय प्रक्रियामा संलग्न नहुन तथा त्यसलाई रोक्न चिकित्सा शिक्षा आयोगका सदस्यहरूलाई अपिल गर्नुभएको छ ।

अक्सिजन प्लान्ट बनाउन पत्रकार महासंघ गुल्मीद्वारा ६० लाख हस्तान्तरण

गुल्मीमा कोरोना संक्रमितको चाप बढ्दा अक्सिजनको अभावमा उपचारमा समस्या देखिएपछि अक्सिजन सहयोग गर्नको लागि नेपाल पत्रकार महासंघले दुई हप्ता अगाडि अक्सिजन अभियान सञ्चालन गरेको थियो ।

६ वर्षदेखि राेकिएका २ लाख नागरिकका सन्तानले नागरिकता पाउने बाटाे खुल्याे– महान्यायाधिवक्ता बडाल

नागरिकता अध्यादेशको सम्बन्धमा स्पष्ट पार्न गरिएको पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता बडालले ‘नेपालको संविधान २०७२’ असोज ३ गते जारी भएपछि असोज २ गतेसम्म नागरिकता प्राप्त गरिरहेका व्यक्तिले पनि नागरिकता नपाएको बताउनुभयो ।