बागलुङको अक्षते खोला किनारमा किशोरी मृत फेला « Imagekhabar – Online News Portal of Nepal
२४ श्रावण २०७९, मंगलवार | Wed Aug 10 2022


बागलुङको अक्षते खोला किनारमा किशोरी मृत फेला


0
Shares

बागलुङ । जिल्लाको चनौटेमा एक किशोरीको शव फेला परेको छ ।

काठेखोला गाउँपालिका–१ चनौटे की १७ वर्षीया छायाँ थापाको शव अक्षते खोला किनार फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो ।

सोमबार बिहान खोला किनार शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेलगत्तै जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी प्रमुख कृष्णबहादुर पल्ली मगरको टोली घटना स्थलमा पुगेको थियो ।

घरमा सामान्य विवाद हुँदा भीरबाट हाम फालेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो ।

किशोरीको शवको पोस्टमार्टमपछि परिवारलाई बुझाइएको छ ।