Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


अर्घाखाँचीमा जेठ २० सम्म निषेधाज्ञा थप


0
Shares

अर्घाखाँची । कोभिड संक्रमण बढ्दै गएपछि अर्घाखाँचीमा जेठ २० गतेसम्म निषेधाज्ञा थपिएको छ ।

सोमबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को बैठकले नयाँ भेरियन्ट सहितको कोभिड १९ तीव्र रूपले फैलिएकोले रोकथामका लागि थप १० दिन निषेधाज्ञा थपिएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिनुभयो ।

बैठकले निषेधाज्ञा अवधिभर आदेशको उल्लंघन गर्ने, अवरोध गर्ने, कालोबजारी गर्ने, अत्यावश्यक वस्तुमा जथाभावी मुल्यवृद्धी गर्ने, कृत्रिम अभाव सिर्जना गर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने समेत निर्णय गरेको छ ।

हाल जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ७ सय ६२ पुगेको छ । संक्रमणका कारण हालसम्म ४७ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विजय बरालले जानकारी दिनुभयो ।

यसअघि जारी गरिएको निषेधाज्ञा सोमबार राति १२ बजेदेखि सकिँदैछ ।