Logo ३ भाद्र २०८३, बुधबार | Wed Aug 19 2026


सदनमा भाषा र मर्यादामाथि प्रश्न उठेपछि रास्वपा सभापति लामिछानेले बोलाए मन्त्री र सांसदसहितको बैठक 

आफ्नै पार्टीका सांसदहरूले सरकारको आलोचना गरेकाे बारेमा पनि बैठकमा छलफल गरिंने

884
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मन्त्रीसहित प्रतिनिधिसभामा रहेका पार्टीका सांसदहरूको बैठक बोलाउनुभएकाे छ।

रास्वपाका केही सांसदको भाषा र मर्यादामाथि प्रश्न उठेपछि सभापति लामिछानेले बुधबार बिहान ११ बजे बस्नेगरी बैठक बोलाउनुभएकाे हाे। बैठकमा उहाँले संसद् र समितिमा प्रयोग भएको भाषा र गतिविधिलाई लिएर प्रश्न उठेका सांसदहरूलाई निर्देशन दिने रास्वपा स्रोतले जनाएकाे छ।

रास्वपाका सांसदहरू नै सरकारविरुद्ध बोल्न थालेपछि सभापति लामिछानेले मन्त्रीलाई समेत बैठकमा बोलाउनुभएकाे हाे । किन आफ्नै पार्टीका सांसदहरूले सरकारको आलोचना गरिरहका छन् भन्ने बारेमा पनि बैठकमा छलफल हुने स्रोतले जनाएकाे छ।