Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


‘घर–घरको शान’अभियानले ततायो लहान–१२, स्वच्छताका लागि टोल–टोलमा जनचेतना (फाेटाे फिचर)


78
Shares

सिराहा । हातमा ब्यानर, मुखमा सरसफाइका नारा स्थानीय बासिन्दा, जनप्रतिनिधि र सरोकारवाला पक्षका प्रतिनिधिहरू टोलका सडकमा निस्किएका छन् ।

उद्देश्य एउटै घरदेखि समुदायसम्म सरसफाइको अभ्यास बढाउने र सुरक्षित शौचालय प्रयोगबारे नागरिकलाई सचेत बनाउने लहान नगरपालिका–१२, जतियाही टोलमा ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सरसफाइ तथा सुरक्षित शौचालय निर्माणसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा वडा नं. १२ का रामटोल, सदाय टोल, चौधरी टोल र दनुवार टोल लगायतका क्षेत्रमा सचेतनामूलक र्‍याली निकालिएको थियो।

र्‍यालीका क्रममा सहभागीहरूले स्थानीय समुदायसँग प्रत्यक्ष संवाद गर्दै सुरक्षित शौचालयको प्रयोग, व्यक्तिगत स्वच्छता, फोहोर व्यवस्थापन र वातावरण संरक्षणका विषयमा जानकारी गराएका थिए ।र्‍यालीमा ‘सरसफाइ तथा शौचालय निर्माण अभियान सफल पारौँ’ भन्ने सन्देशसहितको ब्यानर प्रदर्शन गरिएको थियो ।

नारासँगै व्यवहार परिवर्तनको सन्देश
अभियानको उद्देश्य केवल सरसफाइसम्बन्धी नारा लगाउने वा एक दिन सडक सफा गर्नेमा सीमित थिएन। सहभागीहरूले सरसफाइलाई घरपरिवारको नियमित व्यवहार बनाउने विषयमा जोड दिएका थिए। घरमा उत्पादन हुने फोहोरलाई जथाभावी नफाल्ने, घर तथा घर वरपरको वातावरण सफा राख्ने, सार्वजनिक स्थानको संरक्षण गर्ने र शौचालयलाई सुरक्षित तथा व्यवस्थित रूपमा प्रयोग गर्ने विषयमा स्थानीयलाई सचेत गराइएको थियो।

सहभागीहरूले सरसफाइको सुरुवात प्रत्येक घरबाट हुनुपर्ने बताएका थिए । एउटा घरको व्यवहारले टोल र समुदायको वातावरणमा प्रभाव पार्ने भएकाले स्वच्छता कायम राख्न सामूहिक प्रयास आवश्यक रहेको उनीहरूको भनाइ थियो ।

सडक नाटकले तान्यो समुदायको ध्यान

कार्यक्रममा जनचेतनामूलक सडक नाटकसमेत प्रस्तुत गरिएको थियो । सरसफाइ, सुरक्षित शौचालय, व्यक्तिगत स्वच्छता तथा फोहोर व्यवस्थापनसँग सम्बन्धित विषयलाई स्थानीय परिवेश र दैनिक जीवनसँग जोडेर प्रस्तुत गरिएको सडक नाटकले समुदायको ध्यान आकर्षित गरेको थियो ।

सडक नाटकमार्फत सरसफाइका विषयलाई सहज र व्यवहारिक रूपमा बुझाउने प्रयास गरिएको थियो । सुरक्षित शौचालय निर्माणसँगै त्यसको नियमित प्रयोग र सरसफाइमा ध्यान दिनुपर्ने सन्देश पनि नाटकमार्फत दिइएको थियो ।

सडक सफा गर्दै दिए सामूहिक जिम्मेवारीको सन्देश

जनचेतनामूलक र्‍यालीपछि सहभागीहरूले सडक, सार्वजनिक स्थल तथा टोलका विभिन्न स्थानमा सरसफाइ गरेका थिए ।सरसफाइका क्रममा सहभागीहरूले सार्वजनिक ठाउँमा फोहोर नफाल्न र आफ्नो वरपरको वातावरण सफा राख्न स्थानीयलाई आग्रह गरेका थिए ।

कार्यक्रममा स्वच्छ वातावरण निर्माण सरकार वा स्थानीय तहको मात्र जिम्मेवारी नभई नागरिकको पनि समान दायित्व भएकोमा जोड दिइएको थियो । खुला दिसामुक्त, सफा, स्वच्छ तथा स्वस्थ समुदाय निर्माणका लागि स्थानीय सरकार, समुदाय, सामाजिक संस्था तथा अन्य सरोकारवाला पक्षबीच निरन्तर सहकार्य आवश्यक रहेको सहभागीहरूले बताएका थिए ।

‘एक दिन सफा गर्ने होइन, सधैं सफा राख्ने’

कार्यक्रममा सरसफाइलाई एकदिने अभियानमा सीमित नगरी दैनिक जीवनको अभ्यास बनाउनुपर्ने विषयलाई प्राथमिकता दिइएको थियो । एक दिन सडक सफा गरेर मात्र समुदाय स्वच्छ नहुने भन्दै घर, टोल र सार्वजनिक स्थानमा नियमित रूपमा सरसफाइ गर्ने बानी विकास गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।

शौचालय निर्माण गरिसकेपछि त्यसको नियमित प्रयोग र सरसफाइ गर्नुपर्ने तथा घरबाट निस्कने फोहोरको उचित व्यवस्थापन गर्नुपर्ने विषयमा समेत जनचेतना फैलाइएको थियो ।

वडा नं. १२ अध्यक्षको नेतृत्वमा कार्यक्रम

वडा नं. १२ का वडा अध्यक्ष बद्री नारायण चौधरीको नेतृत्व तथा ध्ब्क्ज् ग्लष्त संयोजक महेश्वरी चौधरीको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा T–WASH CC का पदाधिकारी तथा सदस्य, वडा सदस्य, स्थानीय बासिन्दा तथा sos बालग्रामका प्रतिनिधिहरूको सहभागिता थियो। कार्यक्रममा सहभागीहरूले स्थानीय समुदायको प्रत्यक्ष सहभागिता बिना सरसफाइ अभियानलाई दिगो बनाउन कठिन हुने बताएका थिए। समुदाय आफैं अभियानको हिस्सा बनेमा सरसफाइसम्बन्धी सन्देश व्यवहारमा रूपान्तरण हुने र त्यसको प्रभाव लामो समयसम्म कायम रहने उनीहरूको भनाइ थियो।

२४ वटै वडामा अभियान

लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत नगरका २४ वटै वडामा सरसफाइ तथा स्वच्छतासम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। नगरपालिकाले सुरक्षित शौचालयको प्रयोग, व्यक्तिगत स्वच्छता, फोहोर व्यवस्थापन तथा वातावरण संरक्षणका विषयमा समुदायलाई सचेत गराउने उद्देश्यले अभियान सञ्चालन गरेको जनाएको छ।

wash unit संयोजक महेश्वरी चौधरीले यस्ता कार्यक्रमले समुदायमा सरसफाइ तथा स्वच्छताप्रति सकारात्मक सोच विकास गर्न सहयोग पुग्ने बताइन्।उनका अनुसार अभियानले सुरक्षित शौचालयको प्रयोग, फोहोरको उचित व्यवस्थापन र वातावरण संरक्षणसम्बन्धी व्यवहार परिवर्तनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

“स्वच्छ, सफा र स्वस्थ लहान निर्माणका लागि सबैको सहभागिता आवश्यक छ,” चौधरीले भनिन्, “त्यसैले समुदाय केन्द्रित यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ।” लहान नगरपालिकाले सरसफाइलाई अभियानको विषय मात्र नभई नागरिकको दैनिक जीवनशैली बनाउने उद्देश्यसहित समुदायको सहभागिता बढाउँदै लैजाने जनाएको छ।को प्रयोग, फोहोरको उचित व्यवस्थापन र वातावरण संरक्षणसम्बन्धी व्यवहार परिवर्तनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

“स्वच्छ, सफा र स्वस्थ लहान निर्माणका लागि सबैको सहभागिता आवश्यक छ,” चौधरीले भनिन्, “त्यसैले समुदाय केन्द्रित यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ ।” लहान नगरपालिकाले सरसफाइलाई अभियानको विषय मात्र नभई नागरिकको दैनिक जीवनशैली बनाउने उद्देश्यसहित समुदायको सहभागिता बढाउँदै लैजाने जनाएको छ ।