Logo १९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026


रोमानियामा रेल दुर्घटनामा परी २ जना नेपालीको निधन


1.2k
Shares

काठमाडाैं । रोमानियामा रेल दुर्घटनामा परी दुई जना नेपालीको निधन भएकाे छ ।

रोमानियाका सञ्चारमाध्यमहरुले २५ र ३६ वर्षका नेपाली नागरिक रहेका तर परिचय भने खुल्न बाँकी रहेको जनाएका हुन् । उनीहरू हिँड्दै गर्दा रेलले ठक्कर दिएको थियाे । रोमानिया समेत कार्यक्षेत्र रहेको बर्लिनमा रहेको नेपाली राजदूतावासले पनि दुर्घटनाकाे बारेमा जानकारी आएको बताएकाे छ । तर ज्यान गुमाउनेको पहिचान भई नसकेको राजदूतावासले जनाएको हाे ।

दुर्घटना रोमानियाको राजधानी बुखारेस्टबाट ३ सय ८ किलोमिटर टाढा पर्ने बाकाउ सहरको चिमीई रेल सडक खण्डमा आइतबार बिहान भएको हो । रोमानियामा करिब ५० हजार नेपाली कामदार रहेका अनुमान गरिएकाे छ।