काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपाल बाल संगठन (बाल मन्दिर) को जग्गा हिनामिना र ठगीको अभियोगमा मुद्दा चलाइएका आरोपीलाई साधारण तारिखमा छाेड्न आदेश दिएको छ ।
न्यायाधीश उमानाथ गौतमको इजलासले मंगलबार ३ जना आरोपीलाई साधारण तारिखमा छाेड्न आदेश दिएको हो । अदालतको आदेशले सबै प्रतिबादी मंगलबारै छुटेका छन् । काठमाडौं महानगरपालिका–११ की सदस्य आशा श्रेष्ठ, तत्कालीन सचिव राजेन्द्रकुमार श्रेष्ठ र ललितपुर जिल्ला समितिका तत्कालीन सभापति ओमकृष्ण कर्माचार्यलाई जग्गा हिनामिना र ठगी आरोपमा मुद्दा चलाइएको थियो ।
उक्त प्रकरणमा पाँचजनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको छ । यी प्रतिवादीविरुद्ध बाल मन्दिरको स्वामित्वमा रहेको बहुमूल्य जग्गा अत्यन्त न्यून मूल्यमा लिजमा दिएको र अनाथ बालबालिकाका लागि पठाइएको बजेट मिलेमतोमा दुरुपयोग भएको लगायत आरोप लगाइएको थियाे ।









प्रतिक्रिया दिनुहोस्