Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


साउनको दोस्रो सोमबार बिहानैदेखि पुशपतिसहित देशैभरका शिवालयमा भक्तजनको घुइँचाे


13
Shares

काठमाडाैं । साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशैभरका शिवालयहरूमा भक्तजनहरूको भीड लागेको छ ।

पुशपतिनाथमा भक्तजनहरूको सहजताका लागि साेमबार बिहान ३ बजेदेखि नै मन्दिरका चारवटौ ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको हाे । दर्शनलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, ट्राफिक प्रहरी र विभिन्न संघसंस्थाका स्वयंसेवकहरू परिचालन गरिएको छ । साेमबार बिहान साँढे ८ बजेदेखि मध्याह्न १२ बजेसम्मको समय विशेष पूजाको लगि निर्धारण गरिएको हाे ।

भीड व्यवस्थापन गर्न चार वटा अल अलग लाइनको प्रबन्ध गरिएको छ । पशुपतिनाथ लगायत उपत्यकाका गोकर्णेश्वर, फर्पिङ, टोखा, कागेश्वरी महादेव र देशैभरका अन्य शिवालयहरूमा पनि बिहानैदेखि भक्तजनहरूको विशेष उत्साह छ । साउन महिनाको सोमबारलाई शिवभक्तहरुले विशेष उल्लासका साथ मनाउने गरेका हुन् ।