Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


धुलिखेल रिसोर्टको स्वीमिङ पुलमा करेन्ट लाग्दा युवाको मृत्यु, लापरबाही आरोप


2.3k
Shares

काठमाडौं ।

काभ्रेको धुलिखेलस्थित हिमालय दृश्य रिसोर्टको स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा करेन्ट लाग्दा काठमाडौंको चन्द्रागिरी नगरपालिका निवासी २९ वर्षीय डेनिस प्रधानको मृत्यु भएको छ।

प्रहरीका अनुसार शुक्रबार बेलुकी प्रधान स्वीमिङ पुलभित्र मृत अवस्थामा फेला परेका थिए। प्रारम्भिक अनुसन्धानमा उनलाई करेन्ट सट भएको देखिएको प्रहरीले जनाएको छ।

घटनापछि मृतकका आफन्तले रिसोर्ट व्यवस्थापनको चरम लापरबाहीका कारण दुर्घटना भएको आरोप लगाउँदै आक्रोश व्यक्त गरेका छन्।

प्रहरीका अनुसार घटनाबारे अनुसन्धान जारी छ। यसैबीच, घटनालाई लिएर पीडित पक्ष र रिसोर्ट व्यवस्थापनबीच छलफल भइरहेको छ। घटनाको वास्तविक कारण र सम्भावित लापरबाहीबारे थप अनुसन्धानपछि मात्रै विस्तृत विवरण खुल्ने प्रहरीले जनाएको छ।

Skip This