Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


हेटौंडामा पिकअप गाडीबाट १०९ किलो गाँजा बरामद, दुई जना पक्राउ


130
Shares

सुबर्ण श्रेष्ठ, हेटौंडा ।

नारायणगढ सडकखण्डअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानीमा प्रहरीले पिकअप गाडीबाट १०९ किलो ९६ ग्राम अवैध गाँजा बरामद गरेको छ।

आज बिहान ४:३० बजे चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र ०१–०२६ च ४८९४ नम्बरको योद्धा पिकअप चेकजाँच गर्दा त्रिपालले छोपेर राखिएको १५ पोकामा गाँजा फेला परेको हो।

प्रहरीले गाँजासहित गाडी र गाडीमा सवार धादिङ गजुरी नगरपालिका–७ का ४१ वर्षीय सुमन तामाङ र १९ वर्षीय इरोज तामाङलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।