Logo १९ असार २०८३, शुक्रबार | Sat Jul 4 2026


सरकारले मुलुकमा वित्तीय अनुशासन कायम हुनेगरी बजेट ल्याउन नसकेकाे सांसद झाँक्रीकाे आरोप

बजेटले जनताको समृद्धिको अभियानलाई छुन समेत नसकेको जिकिर

0
Shares

काठमाडाैं । नेकपा एमाले राष्ट्रियसभाकी सांसद रामकुमारी झाँक्रीले सरकारले वित्तिय अनुशासन कायम नहुने गरी बजेट विनियोजन गरेको आरोप लगाउनुभएको छ ।

राष्ट्रियसभामा विभिन्न मन्त्रालयहरुको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले यस्ताे आरोप लगाउनुभएको हाे । सांसद झाँक्रीले साना-साना आयोजनहरुका लागि विनयोजन गरिएको बजेटलाई हेर्दा सरकारले वित्तीय अनुशासन पालना नगर्ने स्पष्ट भएको दावी गर्नुभयो । उहाँले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अर्थतन्त्रको स्वरुप परिवर्तन गर्ने भनेपनि सोही अनुसार बजेट नआएको जिकिर गर्नुभएकाे छ।

सांसद झाँक्रीले बजेटले जनताको समृद्धिको अभियानलाई छुन पनि नसकेको जिकिर समेत गर्नुभयो ।