काठमाडाैं । गढवा गाउँपालिकाले कुपोषित बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउने उद्देश्यले पोषण सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै सहभागी बालबालिकाका लागि अण्डा वितरण गरेको छ।
साेही पालिकाको आयोजनामा आइतबार गढवा स्वास्थ्य चौकीको तथ्यांक अनुसार कुपोषित बालबालिका तथा उनीहरूका अभिभावकको सहभागितामा साेही कार्यक्रम सम्पन्न भएको हाे। कार्यक्रममा बालबालिकाको सन्तुलित आहार, सरसफाइ, नियमित स्वास्थ्य परीक्षण तथा पोषणयुक्त खानाको महत्वकाे बारेमा जानकारी गराइएको थियो।
साेही कार्यक्रममा गढवा स्वास्थ्य चौकीका प्रमुख सूर्यनारायण यादव र गिरिराज अधिकारीले प्रशिक्षण दिँदै बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि पोषणयुक्त खानाको महत्वपूर्ण भूमिका रहने बताउनुभएकाे छ। स्थानीय स्तरमा उपलब्ध खाद्यवस्तुको प्रयोगबाट समेत बालबालिकाको पोषण अवस्था सुधार गर्न सकिने समेत बतारउनुभयाे ।
गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीले कुपोषण न्यूनीकरण गाउँपालिकाको प्राथमिकतामा रहेको बताउनुभएकाे छ । बालबालिकाको स्वास्थ्य र पोषणमा गरिएको लगानीले भविष्यमा स्वस्थ र सक्षम नागरिक निर्माणमा योगदान पुग्ने समेत बताउनुभयो। उहाँले अभिभावकहरूलाई बालबालिकाको खानपान र हेरचाहमा विशेष ध्यान दिन आग्रह गर्नुभएकाे छ।
त्यसैगरी गढवा गाउँपालिका सदस्य चन्द्रा केसीले कुपोषण अन्त्यका लागि समुदाय, अभिभावक र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको बताउँदै प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो। साेही कार्यक्रममा सहभागी अभिभावकहरूलाई पोषण सम्बन्धी जानकारी प्रदान गरिएकाे थियाे ।









प्रतिक्रिया दिनुहोस्