Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


१७ सय ८२ जना सवारीचालक ट्राफिक प्रहरीकाे कारबाहीमा

राज्यकोषमा चार लाख ९४ हजार राजस्व संकलन

13
Shares

काठमाडौं । गत २४ घण्टामा एक हजार ७ सय ८२ जना सवारीचालक सवारी नियम उल्लङ्घन गरेकाे आराेपमा ट्राफिक प्रहरीकाे कारबाहीमा परेका छन् ।

काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसबाट राज्यकोषमा चार लाख ९४ हजार राजस्व दाखिला भएको जनाएकाे हाे ।कार्यालयले मादकपदार्थ सेवन गरेको ८३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ७५, सङ्केत बत्ती उल्लङ्घनकर्ता ८२ र तीव्रगतिमा सवारीसाधन चलाएकाे आराेमा १ सय १० जनालाई कारबाही गरिएको जानकारी गराएकाे छ।

त्यसैगरी, लेन’ अनुशासन पालना नगर्ने ६५, निषेधित क्षेत्रमा हर्न बजाउने ७१, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने ८७, एकतर्फी बाटोमा सवारी चलाउने ६८ र अन्य सवारी नियम पालना नगरेका एक हजार १४१ जनालाई कारबाही गरिएको हो ।