Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


एलजी एसेन्सियल सिरिज सार्वजनिक(भिडियाे रिपाेर्ट)


0
Shares


काठमाडाैं । इलेक्ट्रोनिक्स ब्रान्ड एलजी इलेक्ट्रोनिक्सले नेपाली उपभोक्ताको आवश्यकता र जीवनशैलीलाई केन्द«मा राख्दै नयाँ घरेलु उपकरण श्रृङ्खला ‘एलजी एसेन्सियल सिरिज’ सार्वजनिक गरेको छ ।

एल जी इलेक्ट्रनिक्स सिंगापुरले नेपालका लागि आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा विकसित गरिएको यस श्रृङ्खलालाई काठमाडौंमा आयोजित एक विशेष समारोहबीच औपचारिक रूपमा बजारमा प्रस्तुत गरेको हो । ‘हरेक घरको खुसी, घर–घरमा एलजी’ अभियानअन्तर्गत सार्वजनिक गरिएको एसेन्सियल सिरिजले आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन तथा किफायती मूल्यलाई प्राथमिकतामा राखेको कम्पनीले जनाएको छ ।

नेपाली परिवारहरूको दैनिक आवश्यकता, उपभोग शैली तथा स्थानीय वातावरणीय अवस्थालाई ध्यानमा राखेर तयार गरिएका यी उत्पादनहरूले घरायसी जीवनलाई थप सहज, सुविधाजनक र गुणस्तरीय बनाउने विश्वास कम्पनीको छ ।