काठमाडाैं । मंगोलियाको उलानबतारमा भएको नवौं एशियाली पुम्से तेक्वान्दो च्याम्पियनसिपमा प्रेम लिम्बु र आयशा शाक्यले ४० वर्षमुनि मिक्स पुम्सेमा रजत जितेका छन् ।
तेक्वान्दो खेलाडीद्वय प्रेम र आयशाले साेही च्याम्पियनसिपमा रजत पदक जितेका हुन् । यसअघि साेही उमेर समूहको पुरुष एकल पुम्सेमा प्रेमले कांस्य जितेका थिए । प्रेमले क्वाटर फाइनलमा कुवेतविरुद्ध वाकओभर पाएका थिए ।
त्यसपछि सेमिफाइनलमा दक्षिण कोरियाली खेलाडीसँग ८.९–८.६ अङ्कले पराजित भएपछि कांस्यमा सीमित भएका हुन् ।










प्रतिक्रिया दिनुहोस्