Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


इरानलाई विश्व मानचित्रबाटै मेट्ने ट्रम्पको धम्की


3.5k
Shares

एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले होर्मुज जलमार्गमा सुरक्षा दिईरहेका अमेरिकी जहाजहरुमाथि हमला गरे इरानलाई विश्वको नक्साबाटै मेटाइदिने चेतावनी दिनुभएको छ ।

अमेरिकी टेलिभिजन फक्सन्युजलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले अमेरिकी सामरिक जहाजहरुलाई निशाना बनाए इरानलाई ‘धर्तीको नक्साबाटै मेटाइने’ धम्की दिनुभएको हो । अमेरिकी सेन्ट्रल कमाण्डले होर्मुज जलमार्गमा अलपत्र परेका ४९ वटा जहाजलाई सुरक्षा दिंदै अन्यत्र पठाएको जनाइएको छ ।

‘प्रोजेक्ट फ्रिडम’ अभियानमार्फत सुरक्षा दिइरहेका अमेरिकी जहाजहरूलाई इरानले निशाना बनाएपछि ट्रम्पको यस्तो चेतावनी आएको हो । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मार्फत इरानले दक्षिण कोरियाको एउटा जहाजसहित अन्य देशका जहाजहरूमाथि हमला गरेको दाबी गर्नुभएको छ ।

अमेरिकी सेनाले इरानका ‘फास्ट बोट’ भनेर चिनिने सातवटा साना सैन्य डुंगा नष्ट गरेको दाबी पनि उहाँले गर्नुभएको छ । अमेरिकाले होर्मुजमा फसेका कार्गो जहाजहरुलाई सुरक्षित बाहिर निकाल्न हिजोदेखि प्रोजेक्ट फ्रिडम अभियान शुरु गरेको हो ।