काठमाडाैं । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा सांसद पदबाट मुक्त भएका छन्।
पूर्वसूचना बिना लगातार १० भन्दा बढी प्रदेशसभा बैठकमा अनुपस्थित भएपछि सभामुख भीमबहादुर भण्डारीले पद रिक्तसम्बन्धी टिप्पणी आदेश स्वीकृत गरेका हुन्।
देउवा गत भदौ २८ गते अमेरिका गएपछि नेपाल फर्किएका छैनन्। स्वास्थ्य समस्याका कारण अमेरिकामै उपचार तथा आराम गरिरहेको जानकारी उनले सचिवालयलाई गराएका थिए। अब प्रदेशसभाले औपचारिक जानकारी गराएपछि राजपत्रमा सूचना प्रकाशित गरी निर्वाचन आयोगलाई जानकारी गराइनेछ।
२०७९ को प्रदेशसभा निर्वाचनमा कैलाली–५(ख) बाट निर्वाचित देउवा यसअघि सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्रीसमेत बनेका थिए।









प्रतिक्रिया दिनुहोस्