Logo ३ भाद्र २०८३, बुधबार | Wed Aug 19 2026


त्रिवि प्रश्नपत्र प्रकरणमा शिक्षक र विद्यार्थीसहित ७ जनाविररूद्ध अदालतमा मुद्दा दायर


39
Shares

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयकाे व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षा अघि नै तथा परीक्षा सञ्चालनकै क्रममा बाहिरिएको प्रकरणमा शिक्षक र विद्यार्थीसहित ७ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले शिक्षा ऐन २०२८ अन्तर्गतको कसुरमा उनीहरूविरुद्ध काठमाडाैं जिल्ला अदालतमा मंगलबार अभियोगपत्र दायर गरेको हो । साेही प्रकरणमा मुख्य अभियुक्तका रूपमा भक्तपुरको मध्यपुर थिमि निवासी ३३ वर्षीय सन्दीप सिंहलाई आरोपी बनाइएको छ ।

उनीसँगै विद्यार्थीहरू अतुलकुमार मिश्र, अब्दुल सानी हाकिम, ऋषिकेशप्रसाद यादव, खुश्बु गिरी, देवनाथ महतो र रञ्जुकुमारी गिरीलाई पनि प्रतिवादी बनाइएको हाे । अभियुक्तमध्ये केही अझै फरार रहेका छन् । गत साउन ६ गते सञ्चालन भएको एमबीएस प्रथम सेमेस्टरको ‘म्यानेजमेन्ट-५१५’ र साउन ८ गतेको ‘स्टाटिस्टिकल मेथड्स’ विषयको प्रश्नपत्र परीक्षा शुरू भएको केही मिनेटमै सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।