काठमाडाैं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथलाई लगनखेल पुर्याइएको छ ।
आइतबार रातो मच्छिन्द्रनाथ र मिननाथको रथलाई चाःबहादेखि तानेर लगनखेल पुर्याईएको हाे । रथ तान्ने क्रममा पानी परिरहे पनि बसपार्कमा रहेको रुखमा रथलाई एक पटक परिक्रमा गराइएको थियो । नरिवल खसाल्ने जात्रा बुधबार हुने भएको छ । रथ लगनखेल पुगेर त्यहाँको रुखलाई परिक्रमा गराएको चौथो दिनमा नरिवल खसाल्ने जात्रा मनाउने परम्परा छ । रथ लगनखेल पुर्याएपछि साेमबार महाबली पूजा गरिन्छ ।
बुधबार रथको टुप्पोबाट नरिवल खसाल्ने र नरिवल खसालिएको भोलिपल्ट बिहानै एक दिन मात्रै महिलाहरूले रथ तान्ने परम्परा छ । त्यसपछि रथलाई इटी टोलमा राखिन्छ । जावलाखेलका लागि साइत हेरेर मात्रै रथ तान्ने परम्परा रहेकाे हाे।
कुमारीपाटी हुँदै जावलाखेलमा पुरयाएको चौथो दिन भोटो जात्रा मनाइन्छ । राष्ट्रप्रमुखबाट भोटो अवलोकन गरेपछि यस वर्षको रातो मच्छिन्द्रनाथ जात्रा सम्पन्न हुने जनाइएकाे छ ।










प्रतिक्रिया दिनुहोस्