Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


सिंहदरबारअगाडि मिराज ढुंगानाको समूहलाई निषेधित क्षेत्रबाट प्रहरीले हटायो


520
Shares

काठमाडाैं ।

मंगलबार दिउँसो सिंहदरबार गेटअगाडि निषेधित क्षेत्रमा भीडभाड र होहल्ला गरेको भन्दै जेनजी नेता मिराज ढुंगानासहितको समूहलाई प्रहरीले हटाएको छ।

सोमबार प्रधानमन्त्री सुशीला कार्कीलाई ध्यानाकर्षणपत्र बुझाउन पुगे पनि भेट नपाएको भन्दै उनीहरू गेटअगाडि जम्मा भएका थिए।

ठूलो संख्यामा भीड बढेपछि प्रहरीले प्रवेश रोक्दै हटाएको काठमाडाैं प्रहरीका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताएका छन्। भेट नपाएको भन्दै समूहले त्यही क्षेत्रमा बसेर प्रधानमन्त्री कार्कीप्रति आलोचना जारी राखेका छन्।

Skip This