Logo २ पुस २०८२, बुधबार | Wed Dec 17 2025


प्रधानमन्त्री कार्कीको प्रमुख स्वकीय सचिवबारे उठेको प्रश्नमा सचिवालयद्वारा ध्यानाकर्षण


325
Shares

काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयमा कर्मचारी नियुक्ति सम्बन्धी प्रकाशित–प्रसारित सामग्रीप्रति प्रधानमन्त्रीको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

जेनजी आन्दोलनको आधारमा स्थापित सरकार मितव्ययिता, पारदर्शिता र जवाफदेहिताप्रति प्रतिबद्ध रहेकाले सचिवालय न्यूनतम जनशक्तिबाट सञ्चालन हुँदै आएको स्पष्ट गरिएको छ।

प्रधानमन्त्रीको सल्लाहकार तथा सचिवालय व्यवस्थापन कार्यविधि २०७४ अनुसार प्रमुख स्वकीय सचिव प्रधानमन्त्रीले स्वयं नियुक्त गर्ने प्रावधानअनुसार भरोसायोग्य व्यक्तिलाई नियुक्त गरिएको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीको पारिवारिक परिस्थितिलाई मध्यनजर गर्दै विश्वासिलो व्यक्ति चयन गरिएको र सुरक्षाका कारण चौबीसै घण्टा सहयोग गर्न सक्ने व्यक्ति आवश्यक पर्ने बताइएको छ। अन्य नियुक्तिहरूमा प्रमुख स्वकीय सचिवमाथि अनावश्यक लाञ्छना लगाइएको तथा थर–जात मिलेको आधारमा नातेदारी जोडिएको भ्रामक प्रचार नगरिदिन आग्रह गरिएको छ।

७ सल्लाहकारको दरबन्दीमध्ये २, १९ विज्ञमध्ये ४ (एक अवैतनिक, तथा ४१ स्वकीय सचिवालय दरबन्दीमध्ये १४ मात्र रहेको उल्लेख गर्दै विगतका सरकारको तुलनामा अत्यन्त न्यून जनशक्ति-जम्मा २० जनाले सचिवालय सञ्चालन भइरहेको प्रेस विज्ञप्तिमा उल्लेख छ। सुशासन र स्वच्छ, निष्पक्ष निर्वाचनमा केन्द्रित सरकारले ध्यान भंग गर्ने उद्देश्यले आएका सामग्रीमा विश्वास नगर्न सबै पक्षलाई अनुरोध गरेको छ।