Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


प्रधानमन्त्री कार्कीविरुद्धको अवहेलना मुद्दामा आज सुनुवाइ


507
Shares

काठमाडौं ।

राजदूत फिर्तासम्बन्धी अन्तरिम आदेश उल्लंघन भएको आरोपमा प्रधानमन्त्री शुशिला कार्कीविरुद्ध दायर अवहेलना मुद्दाको आज सर्वोच्च अदालतमा सुनुवाइ सुरु हुँदैछ।

सर्वोच्चले कात्तिक १६ मा राजदूत फिर्ता नगर्न अन्तरिम आदेश जारी गरेको थियो तर सरकारले भोलिपल्टै ११ देशका राजदूतलाई मन्त्रालयमा हाजिर हुन पत्राचार गरेपछि अवहेलना मुद्दा दायर गरिएको हो।

अधिवक्ताहरू अनन्तराज लुइँटेल, प्रतिभा उप्रेती, विशाल थापा र प्रेमराज सिलवालले अलग–अलग निवेदनमार्फत कार्कीको प्रत्यक्ष संलग्नता देखिएको भन्दै कडा कारबाहीको माग गरेका छन्।

आदेश पालना गराउन पेश भएको निवेदन समयमै दर्ता नभएकोबारे न्यायिक क्षेत्र असन्तुष्ट बनेको बताइएको छ। सरकार चुनावतर्फ ध्यान दिनुको साटो राजदूत फिर्ता र नियुक्तिमा अलमलिएको भन्दै आलोचना समेत भइरहेको छ।

Skip This