Logo २८ श्रावण २०८३, बिहिबार | Fri Aug 14 2026


रवि र छविको मुद्दामा आज उच्च अदालतमा सुनुवाइ हुँदै


923
Shares

काठमाडाैं ।

सहकारीको रकम ठगी गरेको आरोपमा पुर्पक्षका लागि कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको मुद्दामा आज बिहीबार उच्च अदालत तुलसीपुर बुटवल इजलासमा पेसी तोकिएको छ।

बुटवलको सुप्रिम सहकारी प्रकरणमा १० करोड ९९ लाख ३६ हजार रूपैयाँको सामूहिक बिगो कायम गर्दै दायर गरिएको अभियोगमा दुवैले आफू–आफ्नामा तोकिएको बिगो बराबर रकम बुझाएर रिहा हुन माग गर्दै निवेदन दिएका थिए।

यसअघि जिल्ला अदालतले रिहाको माग अस्वीकार गरेपछि उनीहरूले उच्च अदालतमा पुनरावेदन गरेका हुन्।

सर्वोच्च अदालतबाट फाइल आएपछि ३ नम्बर इजलासमा न्यायाधीश मिलन कुमार राई तथा सानुमैया डंगोलको यस्तो सुनुवाइ पहिलो नम्बरमै सूचीकृत गरिएको छ, जहाँ दुवै पक्षका कानुन व्यवसायी बहसका लागि तयार भएका छन्।