Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


निर्धारित मितिमै निर्वाचन हुन्छ : सञ्चारमन्त्री खरेल


130
Shares

काठमाडौं ।

दक्षिण कोरिया भ्रमणमा रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन निर्धारित मितिमै हुने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले सरकारले सुरक्षा व्यवस्था, निर्वाचन वातावरण तथा दलहरूको सहमति सुनिश्चित गरिसकेको बताए।

जेनजी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारको मुख्य प्राथमिकता निर्वाचन, सुशासन, भ्रष्टाचार नियन्त्रण तथा रोजगारी प्रवर्द्धन रहेको उनले उल्लेख गरे। मन्त्री खरेलले एआई तथा डिजिटल रूपान्तरणलाई नेपालको भविष्य ठहर गर्दै कोरिया सरकारसँग सहयोगको अपेक्षा व्यक्त गरे।

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्थाका लागि कानुनी प्रक्रिया सुरु भएको र आवश्यक परे अध्यादेशमार्फत व्यवस्था हुने जानकारी उनले दिए।
दक्षिण कोरियामा नेपाल एयरलाइन्सको सिधा उडानका लागि पहल गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे।

कार्यक्रममा उपस्थित प्रतिनिधिहरुले ऊर्जा, पर्यटनलगायत क्षेत्रमा लगानीको वातावरण बनाउन तथा सुशासन मजबूत गर्न सरकारलाई सुझाव दिएका थिए।