Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


आफ्नै बैज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड : रामकुमारी झाँक्री


1.6k
Shares

काठमाडाैं ।

नेतृ रामकुमारी झाँक्रीले नवगठित नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपाललाई कडा जवाफ फर्काउनुभएकाे छ । नेकपा एकीकृत समाजवादीकै लेट हेडमा झाँक्रीसहित ६ जना नेताहरूलाई कारबाही गरेपछि नेतृले जवाफ फर्काउनुभएकाे हाे ।

झाँक्रीले सामाजिक सञ्जालमार्फत लेखेकी छन् प्रिय कमरेड माधव नेपालअभिवादन! आफ्नै बैज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड? केही अर्थ छ र अब पनि कारबाहीको? लोकले के भन्ला भन्ने पनि लागेन र? तपाई सबै कालखण्ड गरेर १९ वर्ष पार्टी प्रमुख बाँकी समय पार्टी प्रमुखलाई चलाउने र नियन्त्रण गर्ने ज़िम्मेदारीमा बसेर काम गर्नु भयो।

यो अन्तिम घटनाले तपाईको ईतिहासलाई फेरी बल्झायो । विर्सेकाहरूले सबै घटना स्मृतिमा लिने भए। जिन्दगीमा के लानु छ कमरेड? समाज र देशको लागि जीवन/जवानी अर्पण गरेको ब्यक्तिले। लाने त यति त हो एउटा मिठो वा तितो स्मृति, चिया पशलमा पुग्दा बोल्ने दुई जना मान्छे। आफ्नै मलामी त कसले पो देख्छ र? हार्दिक धन्यवाद यो अन्तिम कर्मको लागि।
बाँकी जीवनको सुखद होस, परिवारमा शान्ति र शुस्वास्थ्यको हार्दिक शुभकामना। तपाई जहाँ रहे पनि हाम्रो अभिभावको हो। मैले यसरी सधै सम्झने छु।

झाँक्रीले नेपालको पछिल्लो ‘अन्तिम कर्म’ (कारबाहीको निर्णय) का लागि “हार्दिक धन्यवाद” दिँदै व्यंग्यात्मक शैलीमा आफ्नो असन्तुष्टि व्यक्त गर्नुभएकाे छ ।

यद्यपि, पत्रको अन्त्यमा उनले माधव नेपाललाई अभिभावकको रूपमा स्वीकार गर्दै बाँकी जीवनको सुख, परिवारमा शान्ति र सुस्वास्थ्यको शुभकामना दिनुभएकाे छ ।