
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिनुभएको छ । मंगलबार ट्रम्पले अमेरिकाको ४७ औँ राष्ट्रपतिको पदभार ग्रहण गरेकोमा राष्ट्रपति पौडेलले बधाई दिनुभएको हो ।
राष्ट्रपति पौडेलले राष्ट्रपतिको आधिकारिक ट्विटरमार्फत ट्रम्पलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै नेपाल र संयुक्त राज्य अमेरिकाबिचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझै प्रगाढ र विस्तार हुने विश्वास व्यक्त गर्नुभएको छ ।
साथै राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा नेपाल र अमेरिकाबिचको सम्बन्धले दुवै मुलुकका जनताको हितमा अझ सुदृढ भूमिका खेल्ने व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्