२० मंसिर २०८१, बिहिबार | Thu Dec 5 2024


अध्यक्ष ओलीको प्रश्न – स्वयंसेवकले अस्थायी आवास बनाउँदा सरकार के हेरेर बसेको छ ?


130
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका स्वयंसेवकहरुले भूकम्प प्रभावित क्षेत्रमा ८१३ वटा नयाँ अस्थायी आवास बनाउँदा समेत सरकारले चासो नदेखाएको बताउनुभएको छ ।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा मंगलबार रुकुम पश्चिम र जाजरकोटको सीमाना रिम्ना पुग्नुभएका ओलीले यस्तो बताउनुभएको हो । उहाँले ८१३ वटा नयाँ अस्थायी आवास बनाएर पीडितलाई हस्तान्तरण गर्दा सरकार के हेरेर बसेको छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले आफूहरुले यो संख्यालाई २ हजार पुर्‍याउने ढंगले अघि बढीरहेको बताउनुभयो ।

देशमा समस्या परेको ठाउँमा नेकपा एमाले स्वयंसेवकको रुपमा पुग्ने बताउनुभयो ।