२३ कार्तिक २०८१, शुक्रबार | Fri Nov 8 2024


गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी विधेयक चालु अधिवेशनमै ल्याउँछौँ : मन्त्री देवी


611
Shares

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले संसदको चालु अधिवेशनमै संसदीय समितिले ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापनका सम्बन्धमा आवश्यक पर्ने विधेयक दर्ता गर्ने कोशिस भइरहेको बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उहाँले ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापनका सम्बन्धमा आवश्यक पर्ने विधेयक चालु अधिवेशनमै दर्ता गर्ने कोशिस भइरहेको बताउनुभएको हो ।

उहाँले चालु अधिवेशनमै विधेयक दर्ता हुने विश्वास पनि व्यक्त गर्नुभयो । उहाँले क्रसर व्यवसायीहरुको मागप्रति सरकार चिन्तित भएको भन्दै समस्या समाधानको पहल गर्ने बताउनु भयो ।

मन्त्री देवीले के–कति क्रसर उद्योगहरु आधिकारिक र अनाधिकृत रुपमा चलिरहेको छन् भन्ने तथ्यांक समेत सरकारसँग नभएको बताउनु भयो ।