काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले काठमाडौं महानगरपालिका अगाडी उभिएर आन्दोलन गरिरहेका अभियन्त्रा ईः सँग वार्ता गरी समस्या समाधान गर्न सरकारले पहल लिनुपर्ने बताउनुभएको छ ।
बुधबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद केसीले अभियन्ता ईः काठमाडौं महानगरपालिकासँग विभिन्न माग राखि मेयरको कार्यालय अगाडि उभिइरहेको भन्दै माग सम्बोधन गराउन संघीय सरकारले पनि पहल गर्नुपर्ने बताउनुभएको हो । उहाँले नागरिकको ज्या बचाउने कुरा प्रदेश वा स्थानीय सरकारसँग मात्रै सम्बन्धित नहुने बताउनुभयो ।
सांसद केसीले अभियन्ताहरुको परिस्थिति जटिल बन्दै गइरहेको उल्लेख गर्दै संघीय सरकारले नगरपालिकाको स्वायत्तता भनेर मात्रै बस्न नमिल्ने बताउनुभयो । उहाँले समस्या समाधानका लागि सरकारले पहलकदमी लिनुपर्नेमा जोड दिनुभयो । त्यस्तै, सांसद केसीले निरन्तर चिकित्सकहरु कुटिइरहेका भन्दै सरकारको त्यसतर्फ पनि ध्यानाकर्षण गराउनुभयो । उहाँले आन्दोलनरत राहत शिक्षकहको समस्या पनि समाधान गर्नुपर्ने बताउनुभयो ।
सांसद केसीले चर्को मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्दै सुपथ मूल्यको पसल सञ्चालन गर्न सरकारलाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्