१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


पाल्पा २ बाट ठाकुर गैरे प्रतिनिधि सभामा प्रवेश


793
Shares

पाल्पा । पाल्पा प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट नेकपा एमालेका ठाकुरप्रसाद गैरे विजयी हुनुभएको छ ।

गैरेले नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई हराएर प्रतिनिधि सभामा निर्वाचित हुनुभएको हो । गैरेले २७ हजार ८१७ मत ल्याउँदा उहाँका निकटतम् प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बन्नु भएका समाजवनदीका सोम प्रसाद पाण्डेले २३ हजार ८५१ मत आएको थियो । उहाँले पाण्डेयलाई ३ हजार ९६६ मतान्तरले पराजित गर्नुभएको हो । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरे ५ हजार १८० मत ल्याएर तेस्रो बन्नुभएको थियो ।