३ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025


प्रदेशका बहालवाला र पूर्व मन्त्री पराजित


325
Shares

डडेलधुरा । प्रतिनिधि र प्रदेशसभा निर्वाचन अन्तरगत डडेल्धुरामा दुई मन्त्री पराजित भएका छन ।

प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र क मा माओबादी केन्द्रका नेता खगराज भट्ट विजयी हुनुभएको भने निर्वाचन क्षेत्र ख पूर्व एमाले नेता तथा स्वतन्त्र उम्मेदवार डा. तारा प्रसाद जोशी विजयी हुनुभएको हो।

भट्टसँग निकटतम प्रतिस्पर्धि रहेका पूर्व मन्त्री पठान सिंह बोहरालाई २९१७ मतले पछि पार्दै १२ हजार १ सय १२ मत सहित विजयी हुनुभयो ।

यता जोशीले पनि आफ्ना निकटतम प्रतिस्पर्धि प्रदेश सामाजिक विकास मन्त्री गोबिन्द बोहरालाई ४२५ मतले पछि पार्दै ११ हजार १ सय ६२ मतले विजयको सफलता प्राप्त गर्नुभएको हो ।