काठमाडाैं । प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी हुन चितवनतर्फ प्रस्थान गर्नुभएकाे छ।
प्रधानमन्त्री शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चितवनतर्फ प्रस्थान गर्नुभएकाे हाे। साथमा उहाँकी श्रीमती र छोरी पनि रहेका छन्। जहाजमा सवार रहेका यात्रुहरूलाई फोटो तथा भिडिओ खिच्न रोक लगाइएको छ।
प्रधानमन्त्री शाह रास्वपा वरिष्ठ नेता समेत हुनुहुन्छ । रास्वपाको आइतबारदेखि प्रथम महाधिवेशन चितवनको भरतपुरमा हुँदैछ। रास्वपाले विभिन्न दलका शीर्ष नेताहरूलाई शुभकामना दिन आमन्त्रण गरेको हाे।









प्रतिक्रिया दिनुहोस्