Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


रास्वपाको प्रथम महाधिवेशन आजदेखि चितवनमा शुरू हुँदै

महाधिवेशनमा देशैभरका करिब ४ हजार प्रतिनिधि सहभागी हुने

0
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन आइतबारदेखि चितवनमा शरु हुँदैछ ।

पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री एवम् पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले आइतबार महाधिवेशनको उद्घाटन गर्ने तय भएको हाे । महाधिवेशनका लागि देशभरका रास्वपा नेता तथा कार्यकर्ता चितवनमा भेला भइसकेका छन् । महाधिवेशनमा तीन हजार ९ सय १८ प्रतिनिधि सहभागी हुने भएका छन् । जसमध्ये ३ सय प्रतिनिधि रास्वपाका दुई महामन्त्रीलाई मनोनयनको जिम्मेवारी प्रदान गरिएको हाे। रास्वपाले पार्टी सदस्य ५ लाख पुर्‍याएको जनाएको हाे ।

रास्वपा सचिवालयले देशका ७ सय ५३ मध्ये ६ सय १० पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ । ४ हजार ६३ वडामा अधिवेशन गरिएको हाे । ६ प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न भएर प्रतिनिधि छनोट भइसकेका छन् । मधेश प्रदेश र निर्वाचन हुन बाँकी रहेका १३ जिल्लाको तदर्थ समितिबाट महाधिवेशनमा प्रतिनिधि आएका हुन् ।

पार्टी गठनको ४ वर्षपछि पहिलो पटक हुन लागेको महाधिवेशनले नयाँ कार्यसमिति समेत चयन गर्ने भएकाे छ ।भरतपुर गेष्ट हाउस चौरमा आइतबार हुने उद्घाटन समारोहलाई प्रधानमन्त्री एवं रास्वपा वरिष्ठ नेता बालेन शाह र पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम रहेको हाे।

रास्वपाले विधान संशोधन गर्दै १९ जना पदाधिकारीसहित एक सय ५८ जनाको केन्द्रीय समिति बनाउने निर्णय गरिसकेको छ ।