२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


धनकुटामा संघ र प्रदेशमा एमालेको अग्रता


1.196k
Shares

धनकुटा । १ प्रतिनिधि सभा तथा २ प्रदेश सभा रहेको धनकुटामा नेकपा एमालेका उम्मेदवारले अग्रता कायम राखेका छन् ।

प्रतिनिधि सभा तर्फ धनकुटामा एमालेका उम्मेदवार राजेन्द्र राईले १८ हजार ७ सय ७१ मत प्राप्त गर्नुभएको छ कांग्रेसका उम्मेदवार सुनिल बहादुर थापाले १७ हजार ७ सय ६३ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीले ४ हजार ३ सय ३१ मत प्राप्त गर्नुभएको छ भने प्रदेश सभा क तर्फ एकालेका उम्मेदवार निरन राईले ९ हजार ७ सय २६ मत प्राप्त गरेका छन् भने एकिकृत समाजवादीका अर्जुन राईले ५ हजार ८ सय २४ मत प्राप्त गर्नुभएको छ ।

प्रदेश सभा ख तर्फ एमालेका उम्मेदवार इन्द्रमणी पराजुलीले १० हजार ८ सय ८० मत प्राप्त गर्नुभएको छ भने माओवादीका केन्द्रका उम्मेदवार कुसुम श्रेष्ठले ७ हजार ७ सय ८ मत प्राप्त गर्नुभएको छ ।