मुलुक निर्वाचनमय (फोटो फिचर) « Imagekhabar – Online News Portal of Nepal
२१ मंसिर २०७९, बुधबार | Wed Dec 7 2022


मुलुक निर्वाचनमय (फोटो फिचर)


156
Shares

काठमाडौं । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनले मुलुक निर्वाचनमय बनेको छ ।

निर्वाचन आयोगले आइतबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकेको छ । ५ वर्षका लागि मुलुको नेतृत्व गर्ने आफ्ना जनप्रतिनिधि चुन्न मतदाताहरु उत्साहका साथ लाईनमा बसेर मतदान गरिरहेका छन् ।

मतदानका लागि आयोगले १० हजार ८ सय ९२ मतदानस्थल र २२ हजार २ सय २७ मतदान केन्द्र तथा १४१ अस्थायी मतदान केन्द्र तोकेको छ । मुलुक संघीयतामा गएपछि संघीय संरचना अनुसारको यो दोस्रो आम निर्वाचन हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मतदान सकिएपछि मतपेटिका मतगणना स्थलमा पुरयाउने बित्तिकै मतगणना सुरु हुने बताउनुभएको छ ।