काठमाडौंमा घरको पाँचौं तलाबाट खसेर बालिकाको मृत्यु « Imagekhabar – Online News Portal of Nepal
१६ मंसिर २०७९, शुक्रबार | Fri Dec 2 2022


काठमाडौंमा घरको पाँचौं तलाबाट खसेर बालिकाको मृत्यु


7.865k
Shares

काठमाडौं । काठमाडौंको बागबजारमा घरको पाँचौं तलाबाट खसेर एक बालिकाको मृत्यु भएको छ ।

बागबजारस्थित नानीदेवी महर्जनको घरको पाँचौं तल्लाको झ्यालबाट खसेर उनकी दुई वर्षीया छोरी रियासा महर्जनको मृत्यु भएको हो ।

आइतबार राति आफ्नै घरको पाँचौं तल्लाबाट खसेर गम्भीर घाइते भएकी रियासाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।