२१ फाल्गुन २०८०, सोमबार | Mon Mar 4 2024


टिकट नपाएपछि एमाले परित्याग गरेको घनश्यामको घोषणा


1.3k
Shares

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले माले परित्याग गरेको घोषणा गर्नुभएको छ ।

शनिबार आफ्नो फेसबुक पेज मार्फत नेता भुसालले यस्ताे घोषणा गर्नुभएको हाे । नेता भुसालले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामथ्र्य समर्पित गरेको पार्टीमा नीति र विधिको पुनःस्थापना हुने कुनै सम्भावना नदेखेपछि पार्टी छाड्ने निर्णय गरेको घोषणा गर्नुभएको हो ।

उहाँले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगै रहेर आन्दोलन र आफैंप्रति पनि इमान्दार रहन नसकिने भएपछि एमालेमा नरहने निष्कर्षमा पुगेको बताउनुभएको छ । एमाले अध्यक्ष ओलीको दम्भ र स्वेच्छाचारिताले केवल दम्भको आक्रमण बढ्दै गएको आरोप लगाउँदै भुसालले पार्टी परित्याग गरेको उल्लेख गर्नुभएको छ ।

उहाँले आफ्नो फेसबुक पेजमा यस्ताे लेख्नुभएकाे छ :